यस भिडिलोले शाखा अधिकृतको चतुर्थ पत्रको पहिलो खण्डमा भएको व्यवसायिकताको परिचय महत्व र तत्वलाई सुत्रबद्ध तरिकाले सिकाएको छ। #loksewanotes#tipsandtricks#tips&tricks#pscpreparation #व्यवसायिकता # व्यवसायिकतापरिचय# व्यवसायिकताकोमहत्व #व्यवसायिकताकोतत्व
व्यवसायिकताको परिचय
कुनै पेशाकोलागि ज्ञान, सीप र गुणहरुले युक्त भएको अवस्थालाई व्यवसायिकता भनिन्छ।
पेशाकालागि आवश्यक पर्ने बोलीचाली, व्यवहार जस्ता बाहिरी पक्षहरु कामप्रतिको (ल सनि ई त्याग) लगनशिलता, समर्पण, निष्ठा, ईमान्दारिता र त्याग जस्ता अन्तरनिहित गुणहरु र सांगठनिक उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने (असी विज्ञान) विशेषज्ञता, ज्ञान, अनुभव र सीपजस्ता पेशाजन्य गुणहरुको समष्टिनै व्यवसायिकता हो।
व्यवसायिकताको प्रकार
सामान्यतया २ प्रकारको
१. वैयक्तिक व्यवसायिकता- व्यक्ति विशेषमा विद्यमान खुबी जस्तै बुद्धि विवेक धारणा व्यवहार सोच विचार आचरण अनुशासन नैतिकता सामाजिकता मिलनसारिता र लगनशीलता आदिको सम्ष्टि लाई वैयक्तिक व्यवसायिकता भनिन्छ।
२. पेशागत व्यवसायिकता- मुख्य पेशा, व्यवसाय सँग सम्बन्धित अनुभव सिप विशेषज्ञता र ज्ञान जस्ता कुराहरुको समष्टि।
व्यवसायिकताका आधारभूत तत्वहरु
व्यवसायिकताका तत्वहरुलाई सांगठनिक तत्व र व्यक्तिगत तत्व गरी विभाजन गर्न सकिन्छ।
१.सांगठनिक तत्वहरु
(अपने पास करदू पर गुण किफायती प्रतिस्पर्धा होस )
• अपनत्वको भावना- (1.ग्राहक मुखी सेवाको अवधारणा लागु गर्ने)
• नेतृत्व-
• पारदर्शिता-
• समूह गतिशिलता-
• कर्तव्य परायण- (2.नयाँ खोज अनुसन्धान गर्न)
• दूरदृष्टि-
• परिणाममुखी- (3.सार्वजनिक प्रशासनका कार्यहरु नतिजामुखी बनाउन)
-(4.प्रशासनको क्षमता अभिवृद्धि गर्न)
• गुणस्तरीय- (5.सार्वजनिक सेवालाई गुणस्तरीय बनाउन)
• किफायती- (6.कम लागतमा कार्य सम्पन्न गर्न)
• प्रतिस्पर्धा- (7.सार्वजनिक सेवामा प्रतिस्पर्धा कार्यम गर्न)
२.व्यक्तिगत तत्वहरु
(आज आसनीको शुजी विसेसं छ)
आ- आज्ञाकारी
ज-जवाफदेही (8.सेवाग्राहीलाई कामप्रति जवाफदेही बनाउन)
आ- आत्मअनुशासन
स- समय निष्ठता
नि- निष्पक्षता
शु- शुद्ध आचरण
जि- जिम्मेवारीपन (9. आफूले प्रदान गरेको सेवाप्रति जिम्मेवार बनाउन)
वि- विवेकशिलता
से- सेवाभाव
सं- संवेदनशीलता
हाम्रो अन्य यस्तै सहयोगी भिडियो हर्नेकोलागि
महालेखापरीक्षकको परिचय, काम कर्तव्य अधिकार, लेखापरीक्षणका चरणहरु
/watch/cvc5FS3T3yfT5
लेखापरीक्षणको परिचय, महत्त्व, उद्देश्य र सिद्धान्त
/watch/o7iVMTNeiKaeV
तलब निर्धारणका सिद्धान्तहरु
/watch/cB7CDs88pB68C
कर्मचारी व्यवस्थापनका सिद्धान्तहरु
/watch/g9FfTgPA3H4Af
सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरु
/watch/85CGVmIikShiG
लोकसेवा पास गर्ने Tricks and Tips
/watch/QLxpD6cLL6XLp